मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १o:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नियमविपरीत ठोरी गाउँपालिकामा आठ लाख ५९ हजारको इन्धन खर्च 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५१:oo

पर्साको ठोरी गाउँपालिका कार्यालयले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाविपरीत इन्धन सुविधा दिइएको पाइएको छ। पालिका कार्यालयले स्थानीय तहका पदाधिकारी तथा सदस्यले सुविधाविपरीत आठ लाख ५९ हजार ५० रुपैयाँको इन्धन सुविधा दिइएको महालेखाको प्रतिवेदनमा उल्लेख भएको पाइएको हो । 

स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा बनेको ऐन २०७७ को दफा ४ मा पदाधिकारीहरूलाई सम्बन्धित स्थानीय तहले सवारीसाधन वा अनुसूचीबमोजिमको मात्र देहायको सुविधा दिने व्यवस्था उल्लेख गरेको छ । तर, पालिकाको पदाधिकारीहरूलाई थप यातायात सुविधासम्बन्धी कानुनी व्यवस्था नरहेको हुँदा कार्यपालिकाको ०८० साउन ३२ को निर्णयबाट २६ पदाधिकारीहरूलाई विभिन्न दरमा थप इन्धन सुविधा दिएको उक्त रकम कानुनसम्मत नरहेको महालेखाको प्रतिवेदनमा लेखिएको छ । 

साथै पालिकाले यसलाई यकिन गरेर असुल गर्नका लागि महालेखाको कार्यालयले औँल्याएको देखिन्छ । यस्तै, सोही मितिको निर्णयबमोजिम संघीय निकाय प्रहरी चौकी र बिओपीले पनि इन्धन सुविधा लिएको देखिन्छ । पालिकाबाट संघीय निकाय प्रहरी चौकी र बिओपीको चारचक्के गाडीलाई प्रतिमहिना ३० लिटर डिजेल र प्रहरी चौकी /बिओपीको दुईचक्के मोटरसाइकललाई प्रतिमहिना २० लिटर पेट्रोल दिने निर्णय भएको प्रतिवेदनमा देखिन्छ । संघीय निकायका युनिटहरूलाई कार्यपालिकाले इन्धन सुविधा दिन मिल्ने कानुनी व्यवस्था नरहेकोले यस्तो कार्यमा सुधार गर्न महालेखाले निर्देशन दिएको छ ।