Skip This
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग देउवा निवासमा छलफल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण २६ सोमबार १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग देउवा निवासमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार १५:१२:oo

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीका शीर्ष नेताहरूको बैठक जारी छ । महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समितिसँग देउवासहित पार्टीका शीर्ष नेताहरूले छलफल थालेका हुन् ।

बैठक अहिले पनि जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मासहित भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समितिका पदाधिकारीसँग सहभागी छन् ।

काँग्रेसका ७ भ्रातृ संस्थालाई महाधिवेशन गर्न पटक पटक म्याप थप गर्दा पनि नसरेपछि महाधिवेशन गर्न पार्टीले प्रतिनिधि तोकेको थियो । यसअघि शुक्रबार पनि देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका थिए ।