Skip This
महाकालीमा वेपत्ता पन्त दिदिबहिनी बालिकाको खोजी जारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
फोटो क्याप्सन : महाकाली नदीमा हराएका पन्त बालिकाद्वयलाई खोजी गर्दै प्रहरी 
नयाँ पत्रिका कञ्चनपुर
२o८२ श्रावण २६ सोमबार १३:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकालीमा वेपत्ता पन्त दिदिबहिनी बालिकाको खोजी जारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार १३:५५:oo

आइतबार महाकाली नदीमा वेपत्ता भएका पन्तदिदिबहिनी बालिकाको खोजी कार्य जारी गरिएको छ । हिजो अबेर साँझसम्म नदीमा खोजेपनि नभेटाएपछि सोमबार पनि बिहानैदेखि खोजी कार्य शुरु गरिएको हो । 

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले स्थानीय सहित सेना, प्रहरी र सशस्त्र प्रहरीले टुप, बोट मार्फत खोजी कार्य अघि बढाएको बताए । नुहाउनेक्रममा भीमदत्त नगरपालिका ११ भुजेलाका बालिकाद्वय दिदिबहिनी वेपत्ता भएका थिए । 

भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले विद्यालयबाट छुट्टी भएसंगै महाकालीमा नुहाउनका  लागि ११ बर्षिया दाजु निरज पन्त(सागर)संगै महाकाली नदी किनार पुगेका बालिकाद्वय ६ बर्षिया जिविका पन्त र ७ बर्षिया सानवि पन्त बेपत्ता भएका  बताए ।  भुजेलाका पन्त दाजुभाई पदम र मुकेश पन्तकी दुवै छोरी नुहाउने क्रममा बेपत्ता भएका हुन । बालिकाद्वय पन्तकी आफन्त छिमेकी रत्ना भारतीले भीनपा ११ भुजेला घाट कालो मुढा क्षेत्रबाट जिविका र सानविले हाम फालेको बताईन। 

जेठो दाजु निरजले तिमिहरु यहाँ खडा हौँ, म पहिला किनारमा नुहाउँछु पछि तिमिहरु नुहाउँला भन्यो, दाजुको कुरा नसुनेर बहिनीहरुले माथिबाट हामफालेका रहेछन । उनीहरुसंगै ४ बर्षिया एक जना भाईपनि महाकाली नदीमा पुगेका थिए, उनले डरले ननुहाएको उनले बताईन । वेपत्ता बालिकाद्वय  जिविका र सानवि भुवनेश्वरी विद्या मन्दिर(विद्यालय) कक्षा १मा अध्ययनरत छन । परीक्षा सकिएपछि घर पुगेका पन्त परिवारका चारै जना बालबालिका नुहाउन महाकाली पुगेका थिए ।  कलिला बालिका हराएपछि पन्त परिवार शोकाकुल भएको छ । 

भुजेला खोलामा  धामी मृत भेटिए 

भीनपा ११भुजेला गाँउका पन्तद्वय बालिका महाकाली नदीमा वेपत्ता भएको अर्को दिन सोही गाँउकै एक युवक खोलामा मृत भेटिएका छन । 

यसैविच सोमबार भुजेला खोलामा २१ बर्षिया प्रकास धामी मृत भेटिएका हुन ।  शनिबार रक्षाबन्धनदेखि घरपरिवारको सम्र्पकमा  नआएका भुजेलाकै स्थानीय धामी मृत भेटिए पछि पन्त, धामी परिवार सहित गाँउ शोकमा डुबेको छ । गत बर्ष बैवाहिक बन्धनमा बाँधिएका उनी साईकल लिएर घरबाट निस्किएका थिए ।

साईकल खोलाको छेउमा र धामीको शव खोलामा भेटिएको थियो । धामीको शव अहिले महाकाली अस्पतालमा राखिएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले धामीको मृत्युको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको बताए । श्रृङखलाबद्ध रुपमा नदीमा वेपत्तादेखि मृत भेटिएपछि स्थानीय त्रसित भएका छन ।