मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 09 August, 2025
Invalid date format ११:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेश प्रदेशलाई आँपको हब बनाउन उत्पादन सुरक्षित गर्दै व्यवसायिकरण गर्न आवश्यक : मुख्यमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o५:oo

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा आँप उत्पादन भएपनि त्यसलाई सुरक्षित राख्न सक्ने र ब्राण्डिङ गरेर देशभित्र तथा देश बाहिर पठाउन नसकेकोमा वर्षेनी हजारौ मेट्रिक टन आँप फाल्नु पर्ने अवस्था रहेको उल्लेख गरेका छन् । मधेशलाई आँपको केन्द्र बनाउने पहलको लागि धनुषाको लालगढस्थित गौतम होटेलमा आयोजना गरिएको दोश्रो आँप सम्बन्धि विचार गोष्ठीमा उनले सो बताएका हुन् ।

 आफ्नै देशमा आँप उत्पादन भएपनि देशकै उपभोक्तासम्म सो पुर्याउन नसक्नु ठुलो बिडम्बना रहेकोमा रहेक आँप जोनमा स्टोरेज क्यापिसिटी बढाउदै आँपलाई अन्य समयमा समेत विक्री वितरण गर्न सक्ने गरि व्यवस्थापन आवश्यक रहेको मुख्यमन्त्री सिंहले बताए ।

उनले देशमै आँपलाई ब्राण्डिङ गरेर विदेश पठाउने तथा आँपका विभिन्न जुसहरु उत्पादन गर्ने लगायतका उद्योगहरु खोल्न सक्ने गरि तिन तहकै सरकारले साझा अवधारण सहित कार्य अघि बढाउन उनले जोड दिए। 

स्थानीय,प्रदेश र संघीय सरकारले देशको उत्पादनलाई सुरक्षित राखिदिने व्यवस्थापन र त्यसलाई बजारसम्म पुर्‍याउन सक्ने वातावरण निर्माण गरिदिए आँप कृषक देखि आँपलाई ब्राण्डिङ गर्ने तथा विभिन्न पेय पदार्थ बनाएर देश तथा विदेशमा पुर्‍याउने उद्योगीहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सामुदायिक विकास तथा पैरवी मञ्चको आयोजनामा भएको सो दोश्रो आँप सम्बन्धि विचार गोष्ठीमा इसिमोड र अस्ट्रेलियन एडले आर्थिक सहयोग गरेको हो भने आरएनडीको प्राविधिक सहयोग रहेको थियो। कार्यक्रममा समन्वय मधेश प्रदेश सरकार अन्तर्गतको भुमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्रालयले गरेको हो । 

मधेश प्रदेश आँप उत्पादनमा देशमै अब्बल छ । नेपालमा उत्पादन हुने पाँच लाख १७ हजार पाँच सय ५२ मेट्रिक टन आँपमध्ये तीन लाख ९५ हजार नौ सय ६२ मेट्रिक टन मधेश प्रदेशमै उत्पादन हुन्छ । अझै स्थानीयले एक दुई रुख आफ्नो आँगन र घर बाहिर लगाएको धेरै गणना नै गरिएको छैन ।