
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका सबैको रोजाइमा परेका मोहम्मद आदील अन्सारीलाई काठमाडौं गोर्खाजले ‘लक्की ‘ड्र’ बाट पाएको छ ।
शनिबार ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘ए’ क्याटागोरीका आदीललाई प्रतियोगिताका आठवटै टिमले उच्चतम मुल्य १५ लाखसम्म बोली लगाएका थिए । जसमा काठमाडौं भाग्यशाली बनेको हो । योसँगै आदील जारी अक्सनमा आठवटै टिमले बोली लगाउने पहिलो खेलाडीसमेत बनेका छन् ।
आदीलले यसअघि ०७९ मा आयोजित नेपाल टी–२० खेलिसकेका छन् । तर, उक्त प्रतियोगितामा स्पट फिक्सिङको मुद्दा खेपेपछि उनी नेपाल क्रिकेट संघ (क्यान) बाट निलम्बनमा परेका थिए । अदातलबाट सफाई पाएपछि उनलाई क्यानले पनि निलम्बन फुकुवा गरेको थियो ।