Skip This
कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले गरे व्यापारिक भवनको उद्घाटन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
२o८२ श्रावण २२ बिहीबार १७:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले गरे व्यापारिक भवनको उद्घाटन

आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १७:२७:oo

संघीय सरकारका कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारी लगानीमा बनेको भवन जनताको चाहनाअनुसार उपयोग गरी नगरको राजस्व बृद्धि गर्नेतर्फ अग्रसर हुन आग्रह गरेका छन् । 

का.वा. प्रधानमन्त्री श्रेष्ठले बिहीबार एक समारोहबिच सिराहाको लहान नगरपालिका ६ र ७ मा पुरानो बजारमा निर्माण गरिएको व्यापारिक भवनको उद्घाटन गर्दै भवनको साँचो नगर प्रमुखलाई हस्तान्तरण गरे । भवनको साँचो हस्तान्तरण गर्दै उनले व्यापारिक भवनले जिल्लाको आर्थिक गतिविधि अघि बढाउन सघाउने विश्वास व्यक्त गरे । 

‘जिल्लाको अर्थतन्त्र चलायमान बनाउन भवनले केही न केही सहयोग पुग्नेछ,’ उनले भने, ‘यो भवन लहान नगरको मात्र नभई समग्र जिल्लाको आर्थिक क्रियाकलाप अघि बढाउन टेवा पुयाउन सक्ने संरचना हो।’ मुलुकको अर्थतन्त्रलाई अघि बढाउन सहरी विकास तथा भवन निर्माण विभागले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनले बनेको नमुना संरचना स्थानीय सरकारले जनताको माग र आवश्यकताअनुसार सञ्चालन गर्न आग्रह गरे। 

सम्झौताअनुसार भवन निर्माण समयमै सम्पन्न हुनुले आयोजनाहरू समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह हुनु सुखद् पक्ष रहेको उनको भनाइ थियो। ‘भवनको सही व्यवस्थापन र उपयोग गरिनुपर्छ,’ उनले भने, ‘नगरपालिकाले भवनलाई जनताको चाहनाअनुसार उपयोग गरी नगरको राजस्व वृद्धि गर्ने गरी सञ्चालन गर्नुपर्छ।’ 

तीन तहको सरकार र समुदायबिच सहकार्य 

पछिल्लो समयमा मुलुकले भोगेको खडेरीको सन्दर्भमा उनले चुरे क्षेत्रको संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तीन तहको सरकार र समुदायबिच सहकार्यको आवश्यकता औँल्याए। ‘चुरेको संरक्षणले मधेशमा देखिएको वातावरणीय समस्याको दीर्घकालीन समाधान दिन सक्छ,’ उनले भने, ‘त्यसका लागि मिलेर काम गर्नैपर्छ ।’

कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेस सिराहाका सभापति रामचन्द्र यादवले जिल्लाको कृषि क्षेत्रको विकास गर्न कमला र कोशी नदीबाट पानी ल्याई सिँचाइ आयोजना निर्माण र सञ्चालन गरिनुपर्ने बताए। त्यसका लागि संघीय सरकारको ध्यानाकर्षण गराउँदै उनले किसानहरूलाई आवश्यक मलखादको सहज आपूर्तिका लागि सहजीकरण गरिदिन आग्रह गरे। 

भवन उद्घाटन समारोहमा लहान नगरप्रमुख महेशप्रसाद चौधरीले लहानलाई वीरगन्ज र जनकपुरपछिको तेस्रो ठुलो व्यापारिक केन्द्रका रूपमा चिनाउन सुविधासम्पन्न भवनले नगरको आर्थिक गतिविधि अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। 
सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका आयोजना प्रमुख सुरेन्द्रकुमार साहका अनुसार २०७९ फागुनबाट थालिएको भवनको निर्माण सम्झौताबमोजिम सम्पन्न भएको हो। भवन ३१ करोड ८८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको उनले बताए।