Skip This
सर्पले डसेर ज्यान गुमाएकी राईका परिवारलाई बिमा रकम हस्तान्तरण
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
श्रवण थापा सर्लाही
२o८२ श्रावण २२ बिहीबार १६:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्पले डसेर ज्यान गुमाएकी राईका परिवारलाई बिमा रकम हस्तान्तरण

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १६:५२:oo

मातृभूमि लघुवित्त वित्तीय संस्थाले सर्लाहीको बागमतीमा केही समय पहिला सर्पले डसेर ज्यान गुमाएकी एक महिलाको परिवारलाई बिमा सुविधाबापतको रकम हस्तान्तरण गरेको छ । 

बिहीबार बागमती नगरपालिका– ११ स्थित मृतक मुना राईको घरमै पुगेर संस्थाका पदाधिकारीले सुविधाबापतको रकम रु. १० लाख २९ हजार ३६२ रुपैयाँ हस्तान्तरण गरेका हुन् । मृतक राई मातृभूमि लघुवित्तअन्तर्गत उन्नति मातृभूमि महिला विकास केन्द्रको सदस्य रहेको संस्थाकी बागमती नगरपालिका– १, मिलनचोक शाखा प्रबन्धक डिम्पल श्रेष्ठले जानकारी दिइन।

संस्थाले सुविधाबापतको रकम मृतक महिलाकी छोरी ओसिन स्याङ्तानलाई हस्तान्तरण गरेको थियो । राईलाई गत असार ८ गते बिहान करेसाबारीमा फर्सीको मुन्टा टिप्ने क्रममा विषालु गोमन सर्पले डसेको थियो । सर्पदंश उपचार केन्द्र लालबन्दी नगरपालिका– १, नवलपुरमा उपचार सम्भाव नभएपछि जनकपुर लैजाँदै गर्दा राईको बाटोमै ज्यान गएको हो । 

पीडामा परेको अवस्थामा संस्थाले प्रदान गरेको सुविधाबापतको रकमले पीडित परिवारलाई राहत मिलेको उक्त केन्द्र प्रमुख पूर्णकुमारी दहालको भनाइ थियो ।