Skip This
‘माउन्टेन मेडिसिन सोसाइटी’का चिकित्सक गोसाइँकुण्डमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २२ बिहीबार १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘माउन्टेन मेडिसिन सोसाइटी’का चिकित्सक गोसाइँकुण्डमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १२:३३:oo

जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली गोसाइँकुण्ड पुगेको छ ।
 
रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहित ६ जनाको टोली गोसाइँकुण्ड पुगेको हो ।

डा. पदम जोशीको संयोजकत्वमा ‘माउन्टेन मेडिसिन सोसाइटीका चिकित्सक’ गोसाइँकुण्ड पुगेका हुन् ।  उक्त समूहमा डा. अनिलकुमार शाह, डा. प्रिन्स सिंह, डा. सुजन पौडेल, डा. समीर बस्नेत र प्यारामेडिक आङदावा शेर्पा छन्। सो समूहले एक हप्तासम्म गोसाइँकुण्डमा बसेर तीर्थयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

उक्त टोलीले गोसाइँकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्ने जनाइएको छ । उक्त चिकित्सक समूहले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने छ ।  

एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइँकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुईपटक मेला लाग्ने गर्दछ ।