
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार ३०५ रुपैयाँमा काराेबार भएको थियो ।