मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
सौरभ यादव राजविराज
Invalid date format १४:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीको गोली लागेर मृत्यु भएका लालु यादवकाे समर्थनमा स्थानीयद्वारा प्रदर्शन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १४:o६:oo

गएराति अवैध मदिरा तस्करीको सर्च अप्रेसन गर्न पुगेकाे सप्तरी प्रहरीले गोली चलाउँदा सप्तरीको राजगढ गाउँपालिका– २ कमलपुरमा मृत्यु भएका लालु यादवको समर्थनमा केही स्थानीयले प्रदर्शन गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालयअगाडि टायर बालेर प्रहरीले ज्यादती गर्दै जबर्जस्ती लालुलाई गोली हानेको आरोप लगाइरहेका छन्।‌

उनीहरूले तस्करकै इसारामा प्रहरीले गोली चलाएर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लालुलाई मारेको बताइरहेका छन्।  तर, प्रहरीले झुप्रोमा स्टोर गरी राखिएको अवैध मदिरा नियन्त्रणमा लिन खोजेपछि केही तस्कर तथा स्थानीयको‌ समूहले रोक्ने प्रयास गरेको बताउँछन्।

प्रहरीले रोक्न नमानेपछि तस्करको‌ समूहले प्रहरी टोलीमाथि ढुंगामुढा गरेको प्रहरीको भनाइ छ। सो स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेपछि उनीहरू झन् आक्रोशित बन्दै आक्रमण गरेपछि प्रहरीले गोली चलाउँदा लालु यादवको मृत्यु भएको जनाइएकाे छ । 

प्रहरीको तीन राउण्ड गोली लालुको तिघ्रामा लागेपछि अति रक्तश्राव भएर उनको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले गोली लागेर घाइते भएका लालुलाई प्रहरीले ल्याउन खोज्दा भीडले प्रहरी गाडीबाट उनलाई झिकेर लगेको थियो।  प्रहरीले सो स्थलबाट ८० कार्टुन मदिरा ल्याएको छ।