मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५५:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बालकको अनुकरणीय सोच

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५५:oo

एकपटक एउटा विद्यालयका केही विद्यार्थीले मिलेर एउटा पहाडी क्षेत्रमा पिकनिक जाने योजना बनाए । यसका लागि सबै विद्यार्थीले आ–आफ्नो घरबाट केही न केही खाने कुरा ल्याउने निधो पनि गरे ।

एउटा विद्यार्थी घर आएर आफ्नी आमालाई यस विषयमा बतायो । तर, घरमा त्यसरी पिकनिकमा लैजान मिल्ने केही पनि थिएन । न खाना बनाउने सामान थियो, न त किन्नका लागि पैसा नै थियो । घरमा मात्र केही खजुर थिए, जुन पिकनिक स्थलमा लग्नु राम्रो हुन्नथ्यो ।

केही क्षणपछि बालकका पिता घरमा आइपुगे । तब उसकी आमाले बालकको पिकनिक कार्यक्रमबारे उनलाई बताइन् । संयोगले उनका बाबुको गोजी पनि खाली नै थियो । तर, सो बालकका बाबु बालकको मन तोड्न चाहँदैनथे । त्यसैले, उनले निश्चय गरे, छिमेकीकोमा गएर केही उधारो मागेरै भए पनि छोराको इच्छा पूरा गर्नैपर्छ । त्यसपछि उनी केही नबोली बाहिर निस्कन लागे । यो सब देखिरहेको सो बालकले बाबुको हात समाएर सोध्यो, ‘तपाई कहाँ गइरहनुभएको छ बाबा ?’ ‘छोरा, म छिमेकीसँग केही पैसा उधारो माग्नका लागि गइरहेको छु, ताकि तिम्रा लागि केही राम्रो खानेकुराको प्रबन्ध गर्न सकियोस् । घरमा त केही छैन,’ बाबुले मलीन स्वरमा जवाफ दिए ।

‘हैन हैन बुबा, त्यसरी छिमेकीसित उधारो माग्न जानु उचित हुँदैन । म त्यसै पनि पिकनिक जान चाहन्नथँे । यदि जानु नै छ भने पनि घरमा खजुर त छँदै छ । म त्यही लिएर जानेछु । 

बेकारमा ऋण लिएर सान देखाउनु राम्रो हुँदैन । हजुर चिन्ता नगर्नुहोस् । सबै ठिक हुन्छ ।’ यो सुनेर ती बालकका बाबु भावुक भए । उनी केही बोल्न सकेनन् । यी बालक लाला लाजपत राय थिए, जो पछि गएर पञ्जाब केसरीका नामले प्रसिद्ध भए ।