मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
२o८२ श्रावण २० मंगलबार १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बबई नदीमा पानीको सतह बढ्दो, खतरा स्थानमा सशस्त्र प्रहरी परिचालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार १४:२२:oo

बबई नदीमा पानीको सहत बढ्दै गएपछि डुबान पर्न सक्ने स्थानहरूमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ  । 
सो नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबानमा पर्न सक्ने भएकाले उद्धारका लागि सुरक्षाफौज परिचालन भएको हो ।

बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७.१७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ । जहाँ पानीको सतह ६.८० पुगेपछि खतरा लेवल मानिन्छ । 

डुबानमा पर्न सक्ने स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र थापाको कमान्डमा विपत् व्यवस्थापन तालिमप्राप्त सुरक्षा फौजमा परिचालित भएको हो । त्यस्तै, डुबानमा पर्न सक्ने क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियामातहत र नं. ३२ रक्तकाली गण सुर्खेतमातहतको सुरक्षा फौज आवश्यक विपत् व्यवस्थापन सामग्रीसहित तयारी हालतमा राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।