मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
गगन अयडी बाजुरा
Invalid date format १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोल्टी आधारभूत अस्पतालमा ६ वर्षीय बालकको मृत्यु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १२:४४:oo

बाजुरा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा एकजना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका– ६, गोत्री घर भई हाल कोल्टी बजारमै बस्दै आएका वर्ष ६ का ईश्वर सार्की रहेका छन्। एक्कासि बिरामी परेका बालकलाई उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि बिहीबार राति ११:१० बजे निधन भएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।

फोक्सोसम्बन्धी समस्या, दमजस्तो श्वासप्रश्वासमा कठिनाइ र निमोनियाका कारण बालकको मृत्यु भएको हुन सक्ने अस्पतालले  प्रारम्भिक अनुमान गरेको छ। ईश्वर हातेमालो बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत थिए। स्कुल स्रोतका अनुसार उनी दैनिक स्कुल जान्थे, साँझ ट्युसन पढेर फर्किन्थे। मृत्युअघि पनि उनी सामान्य देखिएको र हाँस्दै खेल्दै स्कुल र ट्युसन गएका थिए। तर, साँझपख अचानक बिरामी भई तत्कालै अस्पताल लगिएको थियो।

विद्यालयका लेखापाल लंक कैलाका अनुसार बालकलाई बेलुकी केही समस्या देखिए पनि एक्कासि गम्भीर बिरामी भएपछि उपचार सम्भव हुन सकेन।