
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नेपालमै पहिलोपटक पिओस मेसिनमार्फत भुक्तानी गर्दा इन्स्टेन्ट इएमआई (तत्काल किस्ताबन्दी) सुविधा ल्याएको छ । ग्राहक अनुभवलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउन यो सुविधा ल्याएको बैंकले जनाएको छ ।
अबदेखि एनआइएमबी क्रेडिट कार्ड प्रयोगकर्ताले कुनै पनि व्यापारिक स्थानमा एनआइएमबी पिओएस मेसिनमार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी सुविधा प्रयोग गर्न सक्नेछन् ।
बैंकका अनुसार यो सुविधा ग्राहकले ठुलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नुपर्ने झन्झटविनै तुरुन्तै उपलब्ध हुनेछ ।
यसले विशेष गरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवा खरिद गर्न चाहने ग्राहकलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ ।