मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १६ शुक्रबार १o:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको मनसुन अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार १o:२१:oo

एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकका लागि ‘बिज सधैँ अन’मा मनसुन बिजनेस अफर ल्याएको छ । यो अफरमा ग्राहकले कम खर्चमा पूरै एक वर्ष सेवा उपयोग गर्न सकिनेलगायतका सुविधा छन् ।

ग्राहकले बिज सधैँ अन ३९९ प्लान वा बिज सधैँ अन ६४९ प्लानको १० महिने सेवा लिँदा थप दुई महिनाको सेवा नि:शुल्क पाउनेछन् । यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडेलमा आधारित रहेको कम्पनीले जनाएको छ ।

३९९ प्लानमा ग्राहकले हरेक महिना १० जिबी डेटा, चार सय मिनेट जुनसुकै नेटवर्कमा कल र चार सय एसएमएस प्रतिमहिना पाउनेछन् । त्यस्तै, अर्को ६४९ रुपैयाँको प्लानमा हरेक महिना ३० जिबी डेटा, अनलिमिटेड टकटाइम र ६५० एसएमएस पाइने बताइएको छ ।

त्यसैगरी, मनसुन अफरमा बन्डल–कम्बो अफरको पनि फाइदा लिन सकिनेछ ।  बिज सधैँ अन ३९९ प्लान र बिज सधैँ अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्नेछन् ।