मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गुन्डागर्दीको आरोपमा चक्रे मिलनसहित ४७ जना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:१o:oo

गुन्डागर्दीको आरोपमा प्रहरीले चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका  अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो। 

चक्रेले बिहीबार जन्मदिन मनाउने क्रममा चक्रपथस्थित सडकमै ठुलो भेला गरेर केक काटेका थिए। जन्मदिनको नाममा आतंक मच्चाएको सूचनापछि प्रहरीले उनलाई महाराजगन्जको एक होटेलबाट बेलुका पक्राउ गरेको हो। पक्राउ पर्ने अन्य उनकै समूहका व्यक्तिहरू छन्। सो समूहले आंतक मच्चाएको गुनासाेको आधारमा पक्राउ गरिएको एसएसपी रमेश बस्नेतले बताए। 

यसअघि विभिन्न मुद्दा खेपेका चक्रेविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा अझै पनि सर्वाेच्च अदालतमा विचाराधीन छ।