
सन् १७९३ : फ्रान्सेली संसद्ले नापतौलका लागि मानक प्रणाली ‘मेट्रिक प्रणाली’ लागू गर्ने कानुन पारित गरेसँगै फ्रान्स यो प्रणाली लागू गर्ने पहिलो देश बन्यो ।
सन् १७७४ : अंग्रेज रसायनशास्त्री जोसेफ प्रिस्ट्लीले अक्सिजनलाई ‘मर्करिक अक्साइड’बाट अलग गरेर यस ग्यासको अस्तित्व पत्ता लगाए ।
सन् १८३४ : ‘दासप्रथा उन्मूलन विधेयक १८३३’ लागू भएसँगै बेलायत र यसका साम्राज्यभरिमा औपचारिक रूपमा दास प्रथा अन्य भयो ।
सन् १९१४ : जर्मनीको समर्थनमा अस्ट्रिय–हंगेरीले सर्बियालाई अल्टिमेटम दिएपछि रुसले सर्बियाको समर्थनमा सेना परिचालन गरेको थियो । यसलाई खतरा मान्दै जर्मनीले रुसविरुद्ध युद्ध घोषणा गर्यो । यसलाई पहिलो विश्वयुद्धको विस्तारमा महत्वपूर्ण घटना मानिन्छ ।
सन् १९५० : अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानले ‘गुआम अग्र्यानिक एक्ट’मा यसै दिन हस्ताक्षर गरेसँगै प्रशान्त महासागरस्थित सो टापु औपचारिक रूपमा अमेरिकाको हिस्सा बन्यो ।
सन् १९५३ : पूर्वी अफ्रिकाका तीन ब्रिटिस उपनिवेश जोडेर ‘फेडेरेसन अफ रोडेसिया र न्यासाल्यान्ड’ घोषणा भयो । पछि बेलायतबाट स्वतन्त्र भएपछि यी क्षेत्र स्वतन्त्र तीन राज्य– मलावी, जाम्बिया र जिम्बाबे बने ।