मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 01 August, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १४:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अञ्जली यादव हत्या प्रकरण : आशाले प्रेम सम्बन्ध तोड्न खोज्दा रामबाबुले गरेका थिए अन्धाधुन्ध कुखुरी प्रहार 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १४:१९:oo

जनकपुरधाम– ४ मा बस्दै आएकी अञ्जली यादवको हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी स्थायी घर धनुषाको बटेश्वर गाउँपालिका– ५, शान्तिपुर घर भई पछिल्लो समय डेरा गरी जनकपुरधाम– ४, कटैयाचोरीमा बस्दै आएकी अञ्जलीकुमारी यादवको हत्याको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका– ९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरी सार्वजनिक गरेकाे हाे ।

आफूले प्रेम गरेकी महिलाले एकतर्फी प्रेम सम्बन्ध तोडेको आक्रोशमा १२ साउनको राति ११ बजे जनकपुरधाम उपमहानगरपालिका– ४, कटैयाचोरीमा डेरा गरी बस्दै आएकी आशा यादव, उनकी छोरी अन्जलीकुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए ।घाइते तीनैजनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएकोमा अन्जलीको १३ साउन राति उपचारको क्रममा मृत्यु भएको थियो । अन्य दुई घाइतेमध्ये राधाको उपचारपछि डिस्चार्ज गरिएको छ भने आशाको अवस्था गम्भीर रहेकाले उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले पक्राउ परेका रामबाबु साहले यसअघि श्रीमती हत्याको मुद्दामा दोषी ठहर भई पाँच वर्ष जेल सजायसमेत काटिसकेको बताए ।  जेलमुक्त भएपछि साहले दोस्रो विवाह गरेका थिए । विवाहको केही महिनामै उनी आशा (मृतककी आमा)सँग प्रेम सम्बन्ध थिए । 

रामबाबु र आशाबिचको सम्बन्ध परिवारमा समेत खुलेपछि दुवैजना  जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए । प्रेम गरेबापत रामबाबुले आशालाई अटो रिक्सासमेत किनिदिएका थिए । तर, केही समयअघि आशाले उक्त रिक्सा आफ्ना भाइको नाममा दर्ता गराएपछि दुवैबिच विवाद भएको थियो । पछि आशाले उक्त डेरा परिवर्तन गरी आफ्ना श्रीमान् र छोरीसँग बस्न थालेकी थिइन् । आशाका श्रीमान् वैदेशिक रोजगारमा रहँदै आएका छन् । यता, रामबाबुले फोन गर्दा आशाले फोन नउठाउने, दूरी बढाउने तथा  श्रीमतीलाई समेत म्यासेज गरी झगडा गराउनेजस्ता व्यवहार देखिएपछि उनी  आक्रोशमा आएका थिए ।

घटनाको राति रामबाबुलाई फोनमै आशाले गाली गलौज गर्दै फोन काटेकी थिइन् । त्यसपछि रामबाबु खुकुरीसहित राति ११ बजे आशाको डेरामा पुगेका थिए । प्रहीका अनुसार रामबाबु डेरा पुगेपछि आशालाई मारपिट तथा कुखुरी प्रहार गर्न थाले । कुखुरी प्रहार गरेकाे देखेपछि अञ्जलीले आमालाई बचाउन कोसिस गर्दा रामबाबुले अञ्जलीमाथि नै कुखुरी प्रहार गरे । प्रहरी नायब उपरीक्षक सिंहले घटनास्थलबाट खुकुरी र गाडीसमेत बरामद भएको बताए ।