
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि रिक्त भएको रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा एक महिलासहित तीनजना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरेको छ ।
पार्टी महासचिव शंकर पोखरेलले आगामी भदौ १५ गतेभित्र उम्मेदवारको नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्न परिपत्र गरेका हुन् । उम्मेदवार सिफारिस गर्नुअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन आग्रह गरिएको छ ।