मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Thursday, 31 July, 2025
२o८२ श्रावण १४ बुधबार १८:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वेच्छाले मार्गप्रशस्त नगरे लोकतान्त्रिक अभ्यासअनुसार लामालाई बिदा गर्छौँ : नेता बानियाँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार १८:१३:oo

कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामाले सहज निकास दिनुपर्ने बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै नेता बानियाँले लामाले दलको नेताको हैसियत गुमाइसकेकाले अब मुख्यमन्त्री पदबाट राजीनामा दिनु उत्तम हुने बताए।

‘उहाँले सहज रूपमा मुख्यमन्त्री पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ। यदि उहाँले स्वेच्छाले मार्गप्रशस्त गर्नुभयो भने प्रक्रिया सहज हुन्छ, नत्र हामी लोकतान्त्रिक अभ्यासअनुसार उहाँलाई बिदा गर्छौँ,’ नेता बानियाँले भने। उनले लामाको बिदाइपछि कांग्रेस नेतृत्वमा सशक्त, स्थिर र जनउत्तरदायी सरकार बन्ने दाबी गरे।

संसदीय दलभित्रको प्रतिस्पर्धालाई उनले जिम्मेवारीको फेरबदलको रूपमा लिन आग्रह गर्दै यसलाई जित या हारको रूपमा लिन नहुने पनि बताए। ‘नेतृत्व फेरबदल लोकतान्त्रिक प्रणालीको विशेषता हो। हाम्रो संघीय लोकतन्त्रमा यसरी नेतृत्व परिवर्तन हुनु स्वाभाविक प्रक्रिया हो,’ उनले भने।

मुख्यमन्त्री लामाले अझै पनि पदबाट नहट्ने अडान लिएकोप्रति चिन्ता व्यक्त गर्दै नेता बानियाँले राजनीतिलाई केवल शक्तिको रूपमा मात्रै हेर्न नहुने बताए। उनले राजनीतिलाई नैतिकता, इमानदारिता र जनभावनाको कदर गर्ने आधारका रूपमा  त्यसको सम्मान गर्न आग्रह गरे।