
एनसेलले विद्यार्थीलक्षित ‘सधैँ अन रिन्युअल’ अफर सञ्चालनमा ल्याएको छ । ०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएकालगायत सबै विद्यार्थीलाई लक्षित गरी ल्याइएको अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने बताइएको छ । करसहित ३९९ र सोभन्दा माथिका मासिक शुल्कमा उपलब्ध हुने यी प्लानमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब, लाइन्सगेट प्लेमा नि:शुल्क प्रिमियम सामग्रीको पहुँच, अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवाहरू पाइनेछ ।
३९९ रुपैयाँको सधैँ अन रिन्युअल प्लानमा विद्यार्थीले ३० दिनका लागि ३९९ मिनेट अल नेपाल कल टक टाइम, आठ जिबी डेटा र ३९ वटा एसएमएस सेवा पाउनेछन् । त्यसैगरी, ५९९ को प्याकमा ५९९ मिनेट कल, २० जिबी डेटा र ५९ एसएमएस सेवा प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।
यो योजनाअन्तर्गतको सिम वा इसिम लिन विद्यार्थीले आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबुबाको नागरिकताको प्रतिलिपिसहित कुनै पनि एनसेल सेन्टर वा आधिकारिक विक्रेताकहाँ जानुपर्नेछ । ‘सधैँ अन रिन्युअल’अन्तर्गतको यो स्टार्टर प्लानले विद्यार्थीलाई आफ्नो डिजिटल यात्रा आफ्नै सिमबाट सुरु गरी परिवारका सदस्यसँग सम्पर्कमा रहिरहन भूमिका खेल्ने विश्वास एनसेलले लिएको छ ।