मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १३ मंगलबार ११:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी सनराइजका तीन म्युचुअल फन्डको लाभांश घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार ११:१५:oo

लक्ष्मी सनराइज क्यापिटलले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी तीन योजनाको लाभांश घोषणा गरेको छ । क्यापिटलले शुभलक्ष्मी कोष तथा लक्ष्मी भ्यालु फन्ड–२ र सनराइज ब्लुचिप फन्ड योजनाको लाभांश घोषणा गरेको छ ।

क्यापिटलको १२ साउनमा बसेको सञ्चालक समितिको बैठक गत आवका लागि शुभलक्ष्मी कोषको करसहित १६ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड–२ को करसहित १५ प्रतिशत र सनराइज ब्लुचिप फन्डको करसहित १९ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

शुभलक्ष्मी कोषको प्रतिफल भने १२ साउनसम्म कायम इकाइधनीले मात्रै पाउनेछन् । अन्य दुई फन्डबारे अर्को सूचना प्रकाशित गरी जानकारी गराइने बताइएको छ ।

साथै, शुभलक्ष्मी कोष योजनामा लाभांश पुन: लगानी योजनामा दर्ता भएका इकाइधनीको प्राप्त प्रतिफलबराबरको रकम सम्बन्धित इकाइधनीको हितग्राही खातामा सोझै जम्मा गरिने क्यापिटलले जनाएको छ । साथै, लाभांश पुन: लगानी योजनामा सहभागी नहुने इकाइधनीलाई भने प्रतिफल रकम हितग्राही खातामा उल्लिखित बैंक खातामा पठाइनेछ ।