मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १३ मंगलबार १o:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ज्योति विकास बैंकको अन्तरबैंक टेलर क्युआर सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार १o:३९:oo

ज्योति विकास बैंकले १७औँ वार्षिकोत्सवको अवसर पारी अन्तरबैंक टेलर क्युआर सेवा सञ्चालनमा ल्याएको छ । जसअनुसार ज्योति विकास बैंकमा खाता नभएका व्यक्तिले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ एपमार्फत ज्योति विकासका जुनसुकै शाखामा गई रकम निकाल्न सक्नेछन् । यो सुविधाले आमनागरिकलाई थप सहजता हुने विश्वास बैंकले लिएको छ ।

सेवा उपयोग गर्न ग्राहकले जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैंकिङ सुविधा सक्रिय गरेको हुनुपर्नेछ । बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकको सुविधा, पहुँच र सन्तुष्टिमा केन्द्रित रही यो सेवा पनि थप गरेको जनाएको छ । भविष्यमा अझ प्रभावकारी र नवीनतम समाधानमार्फत ग्राहक सेवालाई थप सशक्त बनाउँदै लैजाने बैंकको दिगो प्रतिबद्धता रहेको छ । 

हालै मात्र सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस)द्वारा अन्तर्राष्ट्रिय मान्यताप्राप्त आइएसो २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको बैंकले हाल देशभरका एक सय २१ वटा शाखा, तीन विस्तारित काउन्टर र ७५ एटिएममार्फत सेवा दिँदै आएको छ ।