मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 28 July, 2025
Invalid date format १o:२६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चार दिनको द्वन्द्वपछि थाइल्यान्ड र कम्बोडिया वार्ता गर्न सहमत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२६:oo

चार दिनदेखि चलिरहेको द्वन्द्व अन्त्यको प्रयासमा थाइल्यान्ड र कम्बोडिया सोमबार मलेसियामा युद्धविराम वार्ता गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दुवै देशका नेतालाई तत्काल युद्धविरामका लागि दबाब दिएपछि थाइल्यान्डले वार्ताका लागि कार्यवाहक प्रधानमन्त्री फुमथम वेचायचाईको नेतृत्वमा एक प्रतिनिधिमण्डल पठाउने भएको छ ।

वार्तामा कम्बोडियाली प्रधानमन्त्री हम मानेट पनि उपस्थित हुनेछन् । २४ जुलाईमा सीमामा भएको लडाईं सुरु भएदेखि दुवैतर्फ सैनिक र नागरिक गरी ३३ जना मारिएका छन् । द्वन्द्वमा हजारौँ थाई र कम्बोडियाली नागरिक विस्थापित भएका छन् । ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘दुवै देश युद्धविराम र अन्ततः शान्तिका लागि द्रुत रूपमा काम गर्न सहमत भएका छन् ।’

आइतबार रातिसम्म गोलाबारी जारी रहे पनि दुवै देशले उनको चासो र प्रयासका लागि ट्रम्पलाई धन्यवाद दिए । कम्बोडियाले युद्धविरामका लागि ट्रम्पको अनुरोध स्वीकार गरेको छ । त्यस्तै थाइल्यान्डले दुई देशबिच वार्ताको आवश्यकतामा जोड दिएको छ । कम्बोडियाले पहिले नै युद्धविरामको प्रस्ताव गरिसकेको थियो । कम्बोडियाको सेना थाइल्यान्डको भन्दा कमजोर छ ।

‘मैले ट्रम्पलाई स्पष्ट पारेको छु कि कम्बोडिया दुई सशस्त्र सेनाबिच तत्काल र विनासर्त युद्धविरामको प्रस्तावमा सहमत छ,’ कम्बोडियाली प्रधानमन्त्री मानेटले टेलिफोन संवादपछि भने, ‘ट्रम्पको मध्यस्थताले धेरै सैनिक र नागरिकको जीवन बचाउन साँच्चै मद्दत गर्नेछ ।’ अर्कोतर्फ,थाइल्यान्डले युद्धविराममा विचार गर्न इच्छुक रहेको बताएको छ । तर, कम्बोडियासँग वार्तामा पहिले आउनुपर्ने आफ्नो अघिल्लो मागमा अडिग रहेको बताएको छ । (बिबिसी)

थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री वेचायाचाईले भने, ‘राष्ट्रपति ट्रम्पलाई उनको चिन्ताका लागि धन्यवाद दिए र थाइल्यान्डले युद्धविराम गर्न सिद्धान्ततः सहमति जनाएको बताए । यद्यपि, थाइल्यान्ड कम्बोडियाली पक्षबाट इमानदार मनसाय हेर्न चाहन्छ,’ थाई विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।