
स्पेनिस क्लब बार्सिलोनाले प्रिसिजनको तयारी थालेको छ । बार्सिलोनाले आइतबार पहिलो मैत्रीपूर्ण खेलमा जापानको भिसेल कोबेलाई ३–१ ले हरायो । मिसाकी पार्क रंगशाला एरिक गार्सिया, रुनी र पेड्रो फर्नान्डेजको समान एक गोलमा बार्सिलोनाले जित निकालेको हो । कोबेका लागि मियासिरोले एक गोल फर्काए ।
यसै खेलबाट मार्काेस रास्फोर्डले बार्सिलोनाबाट डेब्यु गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट उनी एक वर्षका लागि बार्सिलोना पुगेका हुन् । खेलको ३३औँ मिनेटमा गार्सियाले बार्सिलोनालाई १–० को अग्रता दिलाए । खेलको ४२औँ मिनेटमा मियासिरोले घरेलु टोलीलाई १–१ को बराबरीमा पुर्याए ।
रुनीले ७७औँ मिनेटमा बार्सिलोनालाई २–१ ले स्थितिमा राखे । खेलको ८७औँ मिनेटमा पेड्रोले बार्सिलोनाको जित पक्का पारे। अब दोस्रो मैत्रीपूर्ण खेल बिहीबार एफसी सिओलसँग हुनेछ ।