मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ११ आइतबार १२:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हरिद्वारको मनसादेवी मन्दिरमा भागदौड : ६ जनाको मृत्यु, दर्जनौँ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार १२:२९:oo

उत्तराखण्डको हरिद्वारस्थित प्रसिद्ध मनसादेवी मन्दिरमा आइतबार भएको भागदौडमा कम्तीमा ६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्। 

हरिद्वारमा रहेका पत्रकार सौरभ यादवका अनुसार आइतबार भएकाले मन्दिरपरिसरमा अत्यधिक भक्तजनको भिड थियो। ठुलो भिड जम्मा भएको वेला अकस्मात् भागदौड मच्चिँदा यो दुःखद घटना भएको हो। 

भागदौड मनसादेवी मन्दिरबाट करिब १०० मिटरअगाडिको सिँढीमा भएको थियो। घटनाको कारण भने अझै खुल्न सकेको छैन। 

घटनास्थलमा अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ र प्रशासनले भिडमा फसेका अन्य व्यक्तिहरूलाई सुरक्षित निकाल्ने कार्य गरिरहेको छ। घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ।