
पर्यटनमन्त्री बद्री पाण्डे र पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीका सचिवालयमा ६ वटा गाडी प्रयोगमा छन् । गाडी प्रयोगको विवरणमा पर्यटनमन्त्रीले २०१२ मोडेलको सोनाटा जिएलएस कार प्रयोग गर्छन् । मन्त्रीको स्वकीय सचिवालयका लागि स्कर्पियो र २००६ मोडेलकोे कार व्यवस्था गरिएको छ । राज्यमन्त्री चौधरीका लागि स्कर्पियो २०१३ मोडेलको जिप र स्पोर्टेज २०११ मोडेलको जिप उपलब्ध छन् । त्यस्तै, राज्यमन्त्रीको उपस्वकीय सचिवका लागि फोनिक्स २०१६ मोडेलको मोटरसाइकल व्यवस्था गरिएको छ ।
पर्यटनमन्त्रीको स्वकीय सचिवालयतर्फ उपस्वकीय सचिव तालबहादुर रावत (पारिश्रमिक ४८ हजार ७३७ रुपैयाँ) र स्वकीय अधिकृत दिनेशकुमार शाही (पारिश्रमिक ४३ हजार ६८९ रुपैयाँ) कार्यरत छन् । त्यस्तै, प्रशासन सहायक खडकप्रसाद पाण्डे (३४ हजार ७३० रुपैयाँ), कार्यालय सहयोगी मदनकुमार सुनार र रोशनी रावल (जनही २७ हजार ६१२ रुपैयाँ) छन् ।
दैनिक भ्रमण भत्ताका रूपमा उपस्वकीय सचिव र स्वकीय अधिकृतलाई १,६००, प्रशासन सहायकलाई १,२०० र अन्यलाई १,००० उपलब्ध गराइएको छ । त्यस्तै, प्रेस संयोजकको जिम्मेवारीमा अंगराज न्यौपाने र भूपेन्द्र शाह ठकुरी छन्, तर उनीहरूको नियुक्ति मिति, पारिश्रमिक र भ्रमण भत्ताबारे विवरण खुलाइएको छैन । निजी सचिवालयतर्फ उपसचिव (निजी सचिव) पद १० वैशाख ०८२ देखि रिक्त छ ।
शाखा अधिकृत सरोजअर्याल २१ असार ०८१ देखि, नायब सुब्बा मिमराज जैशी १३ जेठ ०८२ देखि काजमा र कम्प्युटर अपरेटर लोहसप्रसाद सिग्देल ६ साउन ०८१ देखि काजमा कार्यरत छन् । त्यस्तै, कार्यालय सहयोगी लालबहादुर खड्का स्थायी रूपमा र कल्पना शाही करारमा कार्यरत छन् ।