मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format ११:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मिकी एफसीले हात पार्‍यो बिपी स्मृति एमेचर फुटसलको उपाधि  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२१:oo

मिकी एफसीले जननायक बिपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसर पोखरामा आयोजना गरिएको बिपी स्मृति एमेजर फुटसल प्रतियोगिताको उपाधि हात पारेको छ ।

नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउदेश्य कभडहलमा सम्पन्न फाइनल खेलमा सुजन डल्ले एफसीलाई १–२ गोल अन्तरले पराजित मिकीले उपाधि हात पारेको हो । प्रतियोगिताको विजेताले मिकीले नगद एक लाख र उपविजेता सुजनले ५० हजार नगदसँगै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाए। 

यसैगरि भेट्रान्सतर्फको उपाधि डल्फिन भेट्रान्सले हात पार्ने क्रममा नयाँ गाउँ भेट्रान्सलाई ४–० गोल अन्तरले पराजित गर्‍यो  । उपाधिसँगै हल्फिनले बोका प्राप्त गर्दा नयाँ गाउँले भाले पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी दिए ।