
लामो समयदेखि वर्षा नहुँदा मधेश प्रदेश सुख्खा संकट रहेका प्रदेशक भौतिक पुर्वाधार विकास मन्त्री सरोज यादव, निमित्त सचिव संजय कुमार साह तथा कर्मचारीहरुले आफ्ना तीन दिनमा तलब प्रदेश विपद् तथा राहत कोषमा दिने घोषणा गरेका छन्।
मन्त्रालयलले शुक्रबार आयोजना आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीमा मन्त्री यादवले उक्त घोषणा गरेका हुन्। नेकपा (एमाले) संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री यादवको अध्यक्षतामा सम्पन्न गोष्ठीमा सचिव संजय साह, महाशाखा प्रमुखहरू, सम्पूर्ण पूर्वाधार कार्यालय प्रमुखहरू र कर्मचारीहरू सहभागी थिए।
मन्त्री यादवले प्रदेश सुख्खा–ग्रस्त अवस्थामा यस्ता थोरै सहयोगले अहिलेको संकटमा किसानसहितलाई राहत मिल्ने बताए। मन्त्री यादवले आफ्ना मातहत रहेका सबै निकायलाई यो संकटमा आफ्ना स्तरबाट हुन सक्ने कार्य सम्पादन गरि नागरिकप्रतिको समर्पण र उत्तरदायित्व पुरा गर्न निर्देशन समेत दिए।
गोष्ठीमा गत आर्थिक वर्षमा मन्त्रालयको समग्र विकास खर्च ७८.२० प्रतिशत भएकोमा सचिवसहित सबै कर्मचारीलाई प्रशंसा समेत गरे। मन्त्री यादवले आगामी दिनहरूमा अझ बढी मेहनत र लगनका साथ काम गर्न निर्देशन पनि दिए। साथै मन्त्रालयको तर्फबाट सुख्खा संकटको वेला राहत, पूर्वाधार सुधार, र आगामी कार्ययोजना तय गर्न रणनीतिक पहलहरूबारे पनि समीक्षा गरिएको थियो।