मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरु, तीन देशको शैक्षिक अभ्यास अवलोकन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४७:oo

डेनमार्कको राजधानी कोपेनहेगनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिको आयोजनामा ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकाससम्बन्धी सेमिनार’ सुरु भएको छ।

सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरेकी हुन्। उद्घाटन समारोहमा बोल्दै राजदूत तुलाधरले युरोपका उत्तरी देशहरूले शिक्षामा गरिरहेको प्रगतिशील अभ्यास नेपाली विद्यालयहरू र विद्यार्थीहरूका लागि पनि लाभदायक हुने बताइन्। प्याब्सनले यस्ता कार्यक्रम आयोजना गर्नु अत्यन्त सराहनीय रहेको उनको भनाइ थियो।

‘युरोपका देशहरूले शिक्षामा निकै फड्को मारेका छन्। नेपाली विद्यालयहरूले पनि पछिल्ला वर्षमा उल्लेखनीय प्रगति गरेका छन्। अब बालबालिकाको समग्र हितका लागि सामुदायिक विद्यालयहरूलाई समेत सुदृढ बनाउँदै लैजान जरुरी छ,’ राजदूत तुलाधरले भनिन्।

प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा विद्यालयका संस्थापक, प्रिन्सिपल र शिक्षकहरू गरी ५४ जना सेमिनारमा सहभागी छन्। ग्लोबल हेल्प फाउन्डेसनको सहकार्यमा सेमिनार आयोजना गरिएको हो।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष अधिकारीले नेपालका विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरूलाई विभिन्न देशका शैक्षिक अभ्यासहरू बुझ्ने अवसर दिनु सेमिनारको मुख्य उद्देश्य भएको बताए। ‘नेपाल पनि अरू देशहरूजस्तै शिक्षामा प्रगति गर्न सक्छ,’ उनले भने, ‘यसै सन्देशसहित हामी यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम निरन्तर गर्दै जानेछौँ।’

प्याब्सनका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार डिके ढुंगानाका अनुसार टोलीले डेनमार्कपछि स्विडेन र फिनल्यान्ड भ्रमण गर्नेछ। फिनल्यान्डमा त्यहाँको विद्यालय शिक्षासम्बन्धी विशेष सेमिनार आयोजना गरिने जानकारी ढुंगानाले दिए।

कार्यक्रममा ग्लोबल हेल्प फाउन्डेसनका प्रतिनिधिहरू सञ्जीव भट्टराई र प्रकाश खड्काले सहजीकरण गरेका थिए। जुलाई २२ मा काठमाडौंबाट प्रस्थान गरेको टोली आगामी जुलाई ३१ मा पुनः काठमाडौं फर्किने कार्यक्रम छ।