मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:४६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:४६:oo

पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियताबाट एमालेभित्र किन खैलाबैला मच्चिएको होला ?
देशको राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा नफर्केकै भए जाती हुने थियो । तर, अब उहाँले फर्केको घोषणा गरिसकेपछि यस विषयमा बहस गर्नुको अर्थ छैन । यतिखेर एमालेमा भण्डारीको आगमनले अध्यक्ष केपी ओलीको ताज खोसिएला कि भन्ने त्रासले गर्दा खैलाबैला मच्चेको हो । भण्डारी आउँदा ७० वर्षे र दुई कार्यकालको प्रावधान हटाउन कठिन हुने र नेतृत्वबाट आफू बिदा हुनुपर्ने देखेर यतिखेर पार्टीभित्र खुला बहस रोक्ने, बोल्नेलाई कारबाहीको चेतावनी दिने काम भइरहेको छ । भण्डारी विगतमा आफ्नै ‘क्याम्प’की नेता भए पनि अहिले आफ्नो अकण्टक नेतृत्वमा चुनौती दिने अवस्था देखेर यो खैलाबैला मच्चिएको हो । 

एकातिर अध्यक्षले भण्डारीको पक्षमा नबोल्न र अर्कातिर भण्डारीले आफ्ना पक्षमा बोल्नेलाई आतंकित नबनाउन चेतावनी दिनुले के संकेत गर्छ ?
एमालेमा बोल्ने साहस गर्ने मान्छे निख्रिएको समयमा भण्डारीले बोल्न थाल्नुभएको संकेत हो यो । पहिले बोल्ने गोकर्ण विष्ट, रघुजी पन्तहरू यतिखेर रहस्यमय रूपमा मौन छन् । घनश्याम भुसाल पार्टी नै छाडेर हिँडिसके । बोल्न नडराउने भीम रावलको सदस्यता नै खारेज भयो । त्यसैले, अहिले एमालेभित्र बोल्ने मान्छेको अभाव छ । यस्तोमा राष्ट्रपति भइसकेकी भण्डारी पार्टीमा फर्किंदा एमालेभित्र मरिसकेको आन्तरिक बहस फेरि बिउँतेला कि भन्ने त्रासले यसरी कारबाहीको चेतावनी दिइँदै छ । 

अबका दिनमा एमालेको राजनीति कुन ट्रयाकबाट अघि बढ्ला ? 
एमालेभित्र आन्तरिक लोकतन्त्र मरिसकेको छ । नेतृत्वमा केपी ओली रहुन्जेल एमालेभित्र आन्तरिक लोकतन्त्र बिउँतिन सक्दैन । त्यसैले, एमालेको भविष्य अँध्यारो छ । अहिले देउवा नेतृत्वको कांग्रेसमा जति बहस हुन्छ, त्यति बहस पनि एमालेभित्र हुन छाडिसकेको छ । यस्तो अवस्थामा एमालेको भविष्य कत्ति पनि उज्यालो देखिन्न ।