मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
गणेश लम्साल विराटनगर
२o८२ श्रावण ७ बुधबार २o:४८:oo
Read Time : < 1 मिनेट
समाचार

कोशी प्रदेशमा लागुऔषध कारोबार भयावह 

एक वर्षमा १९१५ लागु औषध ओसार्ने र २६१ जना गाँजा तस्कर पक्राउ  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार २o:४८:oo

कोशी प्रदेशमा एक वर्षमा लागुऔषध ओसारपसारमा संलग्न एक हजार नौ सय १५ जना पक्राउ परेका छन् । 

प्रदेशका विभिन्न जिल्ला खासगरी झापा, मोरङ र सुनसरीबाट गत आर्थिक वर्षमा केमिकल ड्रग्स ब्राउन सुगर, चरेस  र मेडिकल ड्रग्स ओसारपसारमा संलग्न ८८८ जना पुरुष र ९७ जना महिला पक्राउ परेका हुन् । 

लागुऔषध ओसारपसार नियन्त्रणमा निर्मम भएर लागिपरेको कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष ०८१-८२ मा पाँच किलो चार सय ८९ ग्राम ब्राउन सुगर, तीन ग्राम पाँच सय ८८ मिलिग्राम चरेस, १५ ग्राम सात सय ७० मिलिग्राम अफिम बराम गरेको छ । मेडिकल ड्रग्सतर्फ क्याप्सुल ६ लाख १५ हजार ७९ वटा, एम्पुल दुई हजार ६ सय ५४ वटा र अन्य विभिन्न मनोदिपक औषधि एक सय नौवटा बरामद गरेको छ।  

कोशीमा भयावह बनिसकेको लागुऔषध नियन्त्रण अब प्रहरीको  मात्र  नभएर समाजिक समस्या बनिसकेकोले सहयोग गर्न नागरिक समाज, जनप्रतिनिधि र सर्वसाधारण सबैसँग प्रहरीले आग्रह गरिहेको छ।  

गाँजा तस्करीमा संलग्न २६१ जना पक्राउ 
यसैगरी, प्रहरीले गत एक वर्षमा भारतर्फ तस्करी गर्न पहाडी क्षेत्रबाट ल्याएका गाँजा ओसारपसारमा संलग्न दुई सय ६१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुई सय ३५ जना पुरुष र २६ जना महिला छन् । 

कोशी प्रहरीले आर्थिक वर्ष ०८१/८२ मा भारतर्फ तस्करी हुन लागेको २६ हजार ७ सय ५० किलोग्राम गाँजा बरामद गरेको छ। गत वर्ष गाँजा ओसारपसारमा प्रयोग गरिएका ४५ वटा चारपांग्रे र ३२ वटा दुईपांग्रे सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ। कोशीका पहाडी क्षेत्रमा अवैध रूपमा उत्पादन गरिएका गाँजा मोरङ र सुनसरीबाट अत्यधिक तस्करी हुने गरेको छ।