
रसुवाको ल्हेन्दे खोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी रु. २८ करोड ९२ लाख ६० हजारबराबर रहेको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न सात बिमा कम्पनीमा सोबराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा रु. १६ करोड १२ लाख १० हजारबराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा रु. पाँच करोड २० लाखबराबरको तीनवटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु. तीन करोड ४१ लाख ५० हजारबराबरको सातवटा दाबी परेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीमा रु. एक करोड २८ लाख ५० हजारबराबरको १२ वटा, सानिमा जिआइसी इन्स्योरेन्समा रु. ७७ लाखबराबरको ६ वटा, आइजिआई प्रुडेन्सियलमा रु. ७५ लाख ५० हजारबराबरको नौवटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, युनाइटेड अजोडमा रु. ६८ लाखबराबरको तीनवटा, एनएलजी इन्स्योरेन्समा रु. ४७ लाखबराबरको ६ वटा, सिद्धार्थ प्रिमियरमा रु. ३१ लाखबराबरको सातवटा बिमा दाबी परेको छ । प्राधिकरणका अनुसार कुल ६३ वटा बिमा दाबी परेको छ ।
रसुवाको ल्हेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।