
तीन कम्पनीका साधारणसभाले लाभांशसहित विभिन्न प्रस्ताव पारित गरेका छन् । सोमबार सम्पन्न लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) (एलआइसी), एसियन लाइफ इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका छुट्टा–छुट्टै सभाले यी प्रस्ताव पारित गरेका हुन् ।
एलआइसीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (करसहित) पारित गरेको छ । त्यसैगरी एसियन लाइफको साधारणसभाले ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (करससहित) पारित गर्नुका साथै पाँचजना स्वतन्त्र सञ्चालक पनि चयन गरेको छ ।
त्यस्तै, युनाइटेड अजोडको सभाले पनि १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत कर तथा नगद लाभांश पारित गरेको छ । साथसाथै १०.१ अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन भएको छ ।