
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले भ्रष्टाचार काण्डमा नेपाली कांग्रेस साक्षी किनाराको सदर भएको उल्लेख गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले मन्त्री क्वार्टरमा बिचाैलियाहरूले बिहानै घुसको ब्रिफकेस छोडेर जाने गरेकाे बताए ।
उनले आफ्नोविरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिपरिषद् बैठकमा भाग लिन जाने गरेको उल्लेख गरे । सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्ने र गठबन्धनका सहयात्री कांग्रेस साक्षी किनाराको भएको बताए ।