
फिल्म निर्माणका नाममा ठगी गरेर भागेका निर्माता सुवास थापा बैंकिङ कसुर(चेक बाउन्स) मुद्दामा दोषी ठहर भएका छन्। प्रसाद २ फिल्म निर्माणको क्रममा ६२ लाख ५० हजार रुपैयाँ ठगी गरेको जाहेरी प्रहरीमा परेलगत्तै उनी भागेर अष्ट्रेलिया पुगेका थिए।
प्रहरीले फरार अवस्थामा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा आइतबार काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको छ । न्यायाधीश कपिलमणी गौतमको इजलासले उनलाई कैद र जरिवानाको सजाय सुनाएको हो । फिल्ममा सहनिर्माता बनाईका व्यवसायी केशव पाण्डेलाई उनले ठगी गरेका हुन्। थापाले चेक दिएकोमा चेक नसाटिएपछि पाण्डेले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी परेलगत्तै फरार भएका थापा विदेश भागेका थिए।
सो फिल्मका प्राविधिक तथा कलाकारले समेत पारिश्रमिक पाउन सकेका छैनन्।