मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १२:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्पेनमा मान्छे छाेडेको आरोपमा प्रधानमन्त्री ओलीले भने– घटिया राजनीतिको जवाफ दिन आवश्यक ठान्दिनँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५८:oo

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले स्पेन भ्रमणका क्रममा उतै मान्छे छाेडेको आरोपलाई घटिया राजनीतिको संज्ञा दिएका छन् । उनले स्पेन भ्रमणका क्रममा राम्रो भूमिका खेलेका कारण यो आरोप लगाइएको दाबी गरे ।

गृहनगर झापाको दमकमा मदनगाँडी–ताराबारी–डिपु सडक स्तरोन्नतिको समुद्घाटन गर्दै ओलीले यस्ता घटिया राजनीतिको जवाफ दिन आवश्यक नरहेको बताए । उनले यस्तो घटिया राजनीति नगर्न सबैलाई सुझाव दिए । ‘म स्पेन गएको थिएँ । त्यहाँ हाम्रो भूमिकका असाध्यै राम्रो भयो । त्यो भूमिका सहन नसकेर केही प्रतिपक्षी र अराजकतावादी र झुटवादी पार्टीहरूले मान्छे छाडेर आयो भन्नेजस्ता वाहियात र घटिया कुरा गरे । योजनाबद्ध ढंगले प्रचार गरियो । त्यो प्रमाणित गर्न नसकिने कुरा हो,’ ओलीले भने, ‘यति घटिया राजनीति गर्नुहुँदैन । त्यस्ता कुराको जवाफ दिन म आवश्यक ठान्दिनँ म तिनीहरूलाई सप्रनु भन्न मात्र चाहन्छु । झुटमा आधारित घटिया राजनीति गर्नुहुँदैन । जहिल्यै पनि झुट बोकेछ बोलेको छ । यस्ता राजनीति कति टिक्छ ? त्यसकारण यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन चाहन्छु ।’

प्रधानमन्त्री ओलीले देशका विकासको लहर चलेको बताए । उनले अस्पताल उद्घाटन, सुकुम्बासीलाई धनीपुर्जा वितरणका काम देशभर भइरहेको बताए । देशभर सडक तथा पुल बन्ने क्रम पनि तीव्र रूपमा अघि बढेको बताए । उनले हरेक क्षेत्रमा प्रगति भइरहेको दाबी गरे । ‘गत वर्ष ४८ प्रतिशत रहेको एसइईको नतिजा यसपटक ६२ प्रतिशत पुगेको छ । हामीले विशेष प्रबन्ध गरेर पुर्‍याएका हौँ । विद्यार्थीलाई निःशुल्क अनलाइन ट्युसन कक्षा दिएका छौँ । यो मेरो पहलमा भएको हो,’ ओलीले भने, ‘आउँदो वर्ष ७० प्रतिशत बनाउँछौँ । तीन लाख विद्यार्थीलाई अनलाइन ट्युसन पढाउँछौँ ।’

प्रधानमन्त्री ओलीले दमकको विकासले फड्को मारेको बताए । उनले दमकमा बनेको बिजनेस टावर (भ्युटावर)ले झापाको समृद्धि ल्याउने बताए । उनले यहाँ ल्यान्डपुलिङकाे काम गरेर नयाँ सहर स्थापना गर्ने बताए । प्रधानमन्त्री ओलीले दमकमा औद्योगिक क्षेत्र निर्माण हुने बताए । जसले यहाँका नागरिकलाई रोजगारी दिने उनको भनाइ छ । दमकमा अर्बौँको लगानीमा विशाल रंगशाला बनाउने दाबी गरे ।

जब ओलीले बोल्दा बिजुली गयो

प्रधानमन्त्री ओलीले करिब १५ मिनेट भाषण गर्दै गर्दा बिजुली गयो । उनले दमकको विकास भएको बताउँदै गर्दा बिजुली गएपछि पनि केहीबेर माइकविना नै भाषण गरे । करिब दुई मिनेट बोलेपछि उनले आफ्नो भाषण टुंग्याए । उनले भाषण टुंग्याउना साथ बिजुली पुनः आयो ।