
७८ लाख रुपैयाँ घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामानय प्रशासनमन्त्री राजकुमार गुप्तामाथि छानविनका लागि सांसदहरूले आवाज उठाएका छन् । आइतबारको संसद बैठकमा बोल्दै माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी तथा राप्रपाका सांसदहरुले छानविनको माग गर्दै यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत जवाफ मागेका छन् ।
तर, यती गम्भीर विषयमा प्रधानमन्त्री ओली भने मौन देखिएका छन् । यससम्बन्धि विवरण सार्वजनिक भएको तीन दिन हुँदा पनि उनले मन्त्री गुप्तासँग स्पगिष्टकरण समेत सोधेका छैनन्।
कास्कीका एक विवादित जग्गा मिलाउनका लागि कास्की मालपोतमा अनुकुलका कर्मचारी लैजान ५३ लाख घुसको डिल भएको र भूमि आयोगको अध्यक्षका लागि २५ लाखको डिल भएको अडियो सार्वजनिक भएको छ । केही रकम मन्त्रि निवासमै लगेर दिइएको विषयमा फोटोसहित विवरणहरु सार्वजनिक भइसकेका छन्। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलेदेखि नै अनुसन्धान गरिरहेको छ ।
आइतबार संसदमा माओवादी केन्द्रका दुर्गा राई, ज्ञानु बस्नेत, रास्वपाकी सुमना श्रेष्ठ तथा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे लगायतले यस विषयमा छानविनको माग गरेका हुन् ।
भ्रष्टाचारविरुद्ध चर्का कुरा गर्ने प्रधानमन्त्रीको व्यवहारमाथि समेत सांसदहरुले प्रश्न उठाएका छन्।