मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025
२o८२ असार २८ शनिबार १२:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु आयुर्वेदमा पहिलोपटक पाइल्स रोगको सफल शल्यक्रिया 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २८ शनिबार १२:५१:oo

जिल्लामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रले पहिलो पटज पाइल्स रोगको शल्यक्रिया सुरु गरेको छ । पाइल्स मात्रै नभई अब आयुर्वेदमै मलद्वार सम्वन्धी अन्य रोग फिष्टुला फिसर लगायतको छार शुत्र बिधिबाट निशुल्क शल्यक्रिया गरिने भएको छ ।पहिलो पटक यहि असार २३ गते छायाँनाथ रारा नगरपालिका (१२ सोभा गाउँका ३२ वर्षीया गोर्खराज बुढाको पाइल्स रोगको  निशुल्क शल्यक्रिया गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका प्रमुख डाक्टर रुपेस सोनामले जनाए ।  उनी विगत एक वर्ष अगाडि देखी पाइल्स रोगको समस्याले शरीरमा दुखाइको पिडा भोग्दै आइरहेका उनको भनाइ छ ।

यहीँ अप्रेसन नेपालगन्ज काठमाडौं गएर गरेको भए अप्रेसन चार्ज  मात्रै २५ हजार अनि आउने जाने भाडा एकजना कुरुवाको  गर्दा कम्तीमा एक लाख खर्च हुन्थ्यो डाक्टर रुपेशले भने, ‘अब आउने दिनमा पाइल्स फिस्टुला फिसर खिल मुसा पलाएको अप्रेसन नियमित रुपमा निशुल्क प्रदान गरिने छ। पाइल्सको अप्रेसन सफल भएपछि गोर्खराजले भनेस जिल्ला बाहिर गएर उपचार गर्नको लागी आर्थिक समस्याका कारण एक बर्षदेखि रोग पालेर पीडा सहेर बसेको थिए, आज निशुल्क अप्रेसन भयो सह्रै खुशी लागेको छ । ’

आफ्नै ठाउँमा निशुल्क समस्या समाधान होला भनेर आफुले नसोचेको उनले बताए ।यदि उपचार गर्न तलतिर जानुपर्ने भए ऋण काटेर जानुपर्ने थियो तर यतै उपचार भएपछि साह्रै खुशी लागेको उनले बताए। उनले खुसी हुँदै डाक्टर लाई समेत धन्यवाद दिए ।आफ्नो श्रीमानलाई बिराम लागेर एक वर्षदेखि पीडा सहि रहेको उपचारको लागि यता आयुर्वेद आउदा डाक्टरले अप्रेसन गर्नुपर्छ भन्दा निकै चिन्ता लागेको श्रीमती रुपा बुढाले बताइन्। तर आयुर्वेदमा त निशुल्क अप्रेसन हुँदा साह्रै खुशी लागेको उनले भनिन्।

डा. रुपेश सोनामका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रमा मलद्वार सम्बन्धी समस्या लिएर धेरै बिरामी आउने तर देखाउन लाज मान्ने , हिचकिचाउने अवस्था रहेको छ । कहिलेकाहीँ सामान्य भन्दा भन्दै जटिल हुन सक्दछ। उनले भने, सामान्यदेखि क्यान्सरसम्म पनि हुन सक्ने नलजाइ आफ्नो समस्या देखाउन बिरामीलाई  पहिचान गर्नसकिने उनले बताए।

बिस्तारै  आयुर्वेद उपचारमा बिरामीको विश्वास बढदै गएको छ । यतिबेला जिल्ला आयुर्वेद केन्द्र मुगुमा दैनिक  ४० देखि ५० जनासम्म उपचार गर्न आउने गरेको चिकित्सकको भनाइ छ। आयुर्वेद स्वास्थ्य केन्द्रमा हाल पाइल्स, फिस्टुला, मुसा पलाएको खिल मासु पलाएको लगायत मलद्वार सम्वन्धी सबै रोगको उपचार गरिनुका साथै पन्चकर्म, थेरापी, शिरोधारा, बाफ, अकुपन्चर औसधि उपचार निशुल्क गरिदै आएको छ ।