मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १२:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बकैयामा जुवा खेल्दै गरेका २२ जना आठ लाखभन्दा बढी नगदसहित बरामद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१९:oo

मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट पैशाको हारजित हुनेगरी जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बकैया गाउँपालिका वडा नम्बर ५ राजदमारस्थित मिलन थिङको घरबाट उनीहरु जुवा खेलिरहेको अवसस्थामा शनिवार राति १ बजे पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा मकवानपुरका १७, सिन्धुली ३ र रौतहटका २ जना गरी २२ जना छन् । 

मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया ५ राजदमारका ४६ वर्षीय मिलन थिङ (घर धनी), बकैया ४ जुरेलीका ५५ वर्षीय गेहेन्द्रबहादुर थिङ, बकैया ७ का ३८ वर्षीय रोहन लुङबा, हेटौँडा १८ का ४५ वर्षीय कमल थापा, हेटौँडा ८ कमानेको ५३ वर्षीय फडिन्द्र प्रसाद घिमिरे, हेटौँडा १६ हटियाका ४६ वर्षीय रमेश महत, हेटौँडा ४ हुप्रचौका ५२ वर्षीय कृष्ण लामा, हेटौँडा ९ लामसुरेका ३७ वर्षीय दिनेश लामा, हेटौँडा ८ कमानेका ३६ वर्षीय चित्तबहादुर पाख्रिन, हेटौँडा १८ ठुलो दमारका ३५ वर्षीय अशोक श्रेष्ठ रहेका छन् ।

यस्तै मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ पाथीभाराका ४५ वर्षीय शेरबहादुर राना, ३३ वर्षीय दिपक दोङ, बागमती ५ झुरझुरेका ४६ वर्षी रबि चौधरी, बागमती ७ का २२ वर्षीय तामाङ र ४० वर्षीय राज कुमार फुयाल, बागमती ५ का ३० वर्षीय अणराज राउत, बागमती ६ का ४३ वर्षीय उमेश माझी, रौतहट जिल्लाको बोधिमाई नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय बिजय साह कलवार, गौर ९ का ५५ वर्षीय ईश्वर चौधरी, सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर २ का ३७ वर्षीय कैलाश धामी, मरिन गाउँपालिका ३ का ४९ वर्षीय बेनीबहादुर मुक्तान र कमलामाइ १० का ५५ वर्षीय शेरबहादुर थापा पक्राउ परेका छन् । 

उनीहरुलाई इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तिसुडेबाट खटिएको टोलील घटनास्थलबाट तीन सेट कौडा र नगद आठ लाख ३६ हजार ४० रुपैयाँ सहित नियन्त्रणमा लिएको प्रवक्ता अर्यालले जानकारी दिए । उनीहरूमाथि जुवा ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रवक्ता अर्यालको भनाई छ ।