मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भ्याली भ्यू स्कूलमा भानुजयन्ती विशेष सांस्कृतिक कार्यक्रम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o५:oo

काठमाडौंको मध्यवानेश्वरमा रहेको भ्याली भ्यू स्कुलले भानुजयन्ती विशेष सांस्कृति तथा श्रष्टा सम्मान कार्यक्रम गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले भानुभक्तमा आधारित कविता वाचन गर्नुका साथै संस्कृतगान, सांस्कृतिक नृत्य, रामायण श्लोक र स्वस्तीवाचन लगायत प्रस्तुती देखाए । 

सांस्कृतिक कार्यक्रममा सबै जात-जाती र समुदायको विविधता झल्कने नृत्य समेत प्रस्तुत् गरिएको थियो । विद्यार्थीहरुमा भएको कला र गलाको प्रष्फुटन र अग्रज स्रष्टाको सिर्जनाको सम्मानमा यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सुभास चन्द्र भण्डारीले जानकारी दिए ।

उनका अनुसार भानुजयन्तीकै अवसरमा विद्यालयले २९ असारमा अन्तर विद्यालय कविता प्रतियोगिता समेत आयोजना गर्दै छ । उक्त प्रतियोगितामा १९ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुँदै छन् । प्रतियोगितामा उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरिने छ ।

‘देशको कला, साहित्य र सर्जकहरुलाई सधैं सम्मान गर्नुपर्छ, विद्यालयहरुमा बालबालिकाका प्रतिभाहरुलाई भानुजयन्तीसँग जोड्न यस्तो कार्यक्रम गरेका हौं, विद्यार्थीहरुको प्रतिभा प्रष्फुटमा यसले महत्वपूर्ण भुमिका खेल्ने छ,’ प्रधानाध्यापक भण्डारीले भने, ‘भ्याली भ्यू स्कूलले हरेक वर्ष प्राथमिक तहका बालबालिकाहरुको प्रतिभालाई प्रष्फुटन गराउने र बालबालिकाहरुमा भानुभक्तको योगदानलाई सुपरिचित गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।’ 

वरिष्ठ अभिनेता हरिहर शर्मालाई सम्मान

कार्यक्रममा वरिष्ठ अभिनेता हरिहर शर्मालाई सम्मान समेत गरिएकाे छ । नेपाली नाट्य, चलचित्र तथा रंगमञ्च क्षेत्रमा ६ दशकदेखि योगदान पुर्‍याउँदै आएका वरिष्ठ कलाकार शर्माले विद्यालयले सांस्कृतिक र भानुजयन्ती विशेष कार्यक्रम गरेर नयाँ पुस्तालाई समेत कला, संस्कृति र भानुभक्तमा आधारित सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गरे ।

कला, संस्कृति र भाषाको संरक्षणमा विद्यालयहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेको उनले बताए । ‘साना-साना नानी-बाबुहरुमा कला, साहित्य र संस्कृतिको ज्ञान छर्न यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुन्छन्,’ उनले भने, ‘पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुकलाई भाषिक रुपमा एकीकरण गरेर भानुभक्तले ठूलो गुन लगाउनुभयो, यस्ता स्रष्टाले देशलाई एकतामा बाध्न प्रमुख भूमिका खेलेका छन्, त्यसैले पूर्खा र स्रष्टाले सिकाएको ज्ञानलाई बाड्नुपर्छ, त्यसलाई सधैं जिवित राख्नुपर्छ ।’ 

भानु प्रतिष्ठानका महासचिव डा. रमेश सुभेच्छुले भानुभक्तले नेपालीमा सदभाव कायम गर्ने र भाषाको माध्यमबाट एकापसमा जोड्ने काम गरेकाले उनी अमर कवि रहेको उल्लेख गरे । उनले भानु प्रतिष्ठानले हाल भानुभक्तका सिर्जना र उनले देखाएका सांस्कृतिक एवं भाषिक मार्गहरुलाई थप फराकिलो बनाउने गरी काम गरिरहेको जानकारी दिए ।