मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २६ बिहीबार ११:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ मा आवेदन दिने समय थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार ११:१७:oo

ग्लोबल आइएमई क्यापिटलले २२ असारदेखि बिक्रीमा ल्याएको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’को एकाइमा आवेदन दिने समय थप भएको छ । उक्त योजनामा यसअघि असार २५ गतेसम्म आवेदन दिन पाइने भनिएको थियो ।

तर पर्याप्त आवेदन नपरेपछि समय थपिएको क्यापिटलले जनाएको छ । जसअनुसार लगानीकर्ताले अब ४ साउनसम्म एकाइ खरिद गर्न सक्नेछन् । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाको कोष प्रवर्द्धकमा ग्लोबल आइएमई बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरीमा ग्लोबल आइएमई क्यापिटल रहेका छन् । 

यस योजनाको आकार एक अर्ब २० करोड रुपैयाँ छ । जसअनुसार प्रतिएकाइ १० अंकित दरमा १२ करोड एकाइ निष्कासनमा आएको छ । कुल निष्कासनमध्ये १८ लाख एकाइ योजना व्यवस्थापकलाई र एक करोड ६२ लाख एकाइ कोष प्रवर्द्धक ग्लोबल आइएमई क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख एकाइ सर्वसाधारणका लागि बिक्री गरिने बताइएको छ । यसमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम एक करोड २० लाख एकाइसम्म आवेदन दिन पाउनेछन् ।