
कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठवटा फ्लडलाइट जडान गरिँदै छ ।
निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इन्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेँलो, सेतो, खैरो, हरियो, नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुनेछन् । प्यारापिटलाई रंगशालाको पश्चिमतर्फ ६ र पूर्वतर्फ दुई गरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।