१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:३४:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:३४:oo

सन् १८६३ : दुई दिनअघिदेखि सुरु भएको अमेरिकी गृहयुद्धको सबैभन्दा रक्तपातपूर्ण तथा निर्णायक युद्ध गेटिसबर्गमा आजको दिन अत्य भयो । ५० हजारको ज्यान गएको यो संघर्ष अब्राहम लिंकन नेतृत्वको युनियन सेनाको जितमा टुंगिएको थियो ।

सन् १९२८ : जोन लोगी बेयर्डले लन्डनमा विश्वको पहिलो रंगीन टेलिभिजन प्रदर्शनी गरे । 

सन् १९६२ : अल्जेरियामा फ्रान्सको शासनविरुद्ध आठ वर्षदेखि जारी क्रान्ति आजकै दिनबाट अन्त्य भयो । दुई दिनपछि जुलाई ५ मा अल्जेरियाले स्वतन्त्रता हासिल गर्‍यो । 

सन् १९९२ : रंगभेदी नीतिका कारण सन् १९६१ मा फिफाबाट निष्कासित दक्षिण अफ्रिका परिवर्तित राजनीतिक वातावरणपछि पुन: सो संगठनको सदस्य बन्यो ।  

सन् २०१३ : इजिप्टका सेना प्रमुख अब्देल फतेह अल–सिसीले निर्वाचत राष्ट्रपति मोहमद मोसीलाई अपदस्त गरे । एड्ली मनसुर अन्तरिम राष्ट्रपति चुनिए ।