
बिर्तामोड– ७, फक्तालुङमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू आक्रमणमा परेका हुन्।
गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो।