१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १८ बुधबार १६:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ३४ अंकले बढ्यो, कारोबार रकम नौ अर्ब ७४ करोड बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार १६:१४:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.४२ अंकले बढेको छ। आज १.२९ प्रतिशतको वृद्धिपछि नेप्से दुई हजार ६ सय ९४.८२ को विन्दुमा कायम भएको हो।

आज ३१७ कम्पनीको तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता सेयर ८९ हजार ४६८ पटक खरिद-बिक्री हुँदा रु. नौ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ बराबरको कारोबार भएको छ।

आज सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी जीवन बिमा समूह २.८३, निर्जीवन बिमा २.५१ र विकास बैंक समूह २.३१ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ १.३६, वित्त १.९९, होटेल तथा पर्यटन ०.७१ र जलविद्युत् ०.४७ प्रतिशतले बढेको छ।

लगानी १.०१, उत्पादन तथा प्रशोधन ०.६९, लघुवित्त ०.५६, म्युचुअल फन्ड ०.०६, व्यापार १.७६ र अन्य समूह ०.९१ प्रतिशतले बढेको छ।

आजको कारोबारमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ। आज ‘नौ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८’ को सेयर मूल्य सबैभन्दा बढी ३.३१ प्रतिशतले घटेको छ। रासस