१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o३:oo

कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई बुधबार नेपालगन्जको धम्बोजी चोकबाट पक्राउ गरेको हो। 

सिआइबीका प्रवक्ता एसपी युवराज खड्का अनुसार संस्थागत सञ्चालक समेत रहेका मिश्र २०६६ देखि २०७५ सालसम्म सो बैंकको अध्यक्ष थिए। बैंकको हिनामिनामा उनको पनि मिलेमतो देखिएपछि पक्राउ गरिएको एसपी खड्काले बताए। 

मिश्र नेकपा(एमाले)को केन्द्रीय सदस्य हुन्।  २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा(एमाले)बाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदको उम्मेदवारमा सिफारिस भएका थिए। उनी बाँकेका पूर्वजिल्ला विकास समिति समेत हुन्। 

सञ्चालकसमेतको मिलेमतोमा सो बैंकमा साढे दुई अर्ब घोटाला भएको थियो। हाल राष्ट्र बैंकको व्यवस्थापनमा सो बैंक सञ्चालन भइरहेको छ । 

सिआइबीले हिनामिनाका मुख्य योजनाकार रहेका बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित तीनजनालाई पक्राउ गरिसकेको छ ।

 सो बैंकको घोटालामा नेपाल राष्ट्र बैंकको सुपरिवक्षेणमाथि पनि प्रश्न उठेको छ। राष्ट्र बैंकले संस्थाको अवस्था राम्रो भनेर प्रतिवेदन बनाएकै अवस्थामा बैंक धरासायी भएको थियो। सिआइबीले सुपरिवेक्षणमा संलग्न राष्ट्र बैंकका अधिकारीमाथि पनि छानविनको तयारी गरेको छ।