१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एयरपोर्ट क्षेत्रका ६ व्यवसायमा अनुगमन : तीन पसललाई सात लाख ४५ हजार जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:२१:oo

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालनमा रहेका होटेल, रेस्टुरेन्टमा अनुगमन गरेको छ ।

विभागले सोल्टी होटेल लिमिटेड, ओरियन्टल होटेल्स लिमिटेड, सान इन्टरप्राइजेज सर्भिसेज प्रालि, साई किरण इन्टरप्राइजेज, इन्जी ट्रेड र एयरपोर्ट टी–कफी एन्ड कन्फेक्सनरी सपमा अनुगमन गरी कैफियतका आधारमा जरिवानासमेत तिराएको जनाएको छ । 

स्थलगत निरीक्षणमा यी व्यवसायबाट आवश्यक कागजात र कानुनी प्रक्रिया नपुगेको पाइएको थियो । सोही आधारमा सम्बन्धित फर्महरूलाई तीन दिनभित्र विभागमा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

अनुगमन गरिएमध्ये मूल्यसूची नराखेको र बढी मूल्य असुलेको भेटिएपछि इजी ट्रेडलाई दुई लाख ६० हजार र एयरपोर्ट टी–कफी एन्ड कन्फेक्सनरी सपलाई दुई लाख पाँच हजार जरिवाना गरिएको छ । दुवै फर्मलाई तीन दिनभित्र विभागमा उपस्थित हुनसमेत निर्देशन दिइएको छ । विभागले व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात बुझाउन र ऐनबमोजिम सञ्चालनमा सुधार गर्न निर्देशन दिएको जनाएको छ ।

त्यस्तै, काठमाडौं– २५ स्थित प्रतिबुद्ध इन्टरप्राइजेज प्रालिलाई सामान्य निर्देशन मात्रै दिइएको छ भने ललितपुर– ८ स्थित मनमय इन्टरप्राइजेजलाई दुई लाख ८० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।