१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
रासस पेरिस
Invalid date format १६:४o:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी सहायता कटौतीले एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने अनुमान

Read Time : > 1 मिनेट
रासस, पेरिस
नयाँ पत्रिका
Invalid date format १६:४o:oo

ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता समाप्त गरेका कारण सन् २०३० सम्ममा विश्वका सबैभन्दा कमजोर एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ। तीमध्ये एकतिहाइ साना बालबालिकाको मृत्यु हुन सक्ने बताइएको छ।

प्रतिष्ठित ल्यान्सेट जर्नलमा गरिएको यो अध्ययन यस हप्ता स्पेनमा संयुक्त राष्ट्रसंघको सम्मेलनका लागि विश्व र व्यापारिक नेताहरू भेला हुँदा सङ्कटमा रहेका सहायता क्षेत्रलाई बलियो बनाउने आशामा प्रकाशित भएको थियो।

अमेरिकी एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएसएआइडी–युएएड)ले जनवरीमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघिसम्म विश्वव्यापी मानवीय कोषको ४० प्रतिशतभन्दा बढी सहयोग गर्दै आएको थियो। दुई हप्तापछि ट्रम्पका तत्कालीन निकट सल्लाहकार र संसारका धनी व्यक्ति एलन मस्कले एजेन्सीलाई ‘काठ काट्ने मेसिनमा हालेको’ टिप्पणी गरेका थिए।

बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (आइएस ग्लोबल)का अनुसन्धानकर्ता एवं अध्ययनका सहलेखक डेभिड रसेलाले कोष कटौतीले ‘जोखिममा रहेका जनसंख्याहरूको स्वास्थ्यमा दुई दशकको प्रगतिलाई अचानक रोक्ने र उल्ट्याउने जोखिम छ’ भनी चेतावनी दिए।

‘धेरै निम्न र मध्यम आयका देशहरूका लागि यसको परिणामले हुने आघात विश्वव्यापी महामारी वा ठुलो सशस्त्र द्वन्द्वको मापदण्डसँग तुलना गर्न सकिन्छ,’ उनले एक विज्ञप्तिमा भनेका छन्।

१३३ राष्ट्रको तथ्यांकलाई फर्केर हेर्दा अनुसन्धानकर्ताहरूको अन्तर्राष्ट्रिय टोलीले युएसएड कोषले सन् २००१ देखि २०२१ सम्म विकासशील देशहरूमा नौ करोड १८ लाखको मृत्यु रोकेको अनुमान गरेको छ। यो इतिहासको सबैभन्दा घातक द्वन्द्व दोस्रो विश्वयुद्धमा मर्ने अनुमानित संख्याभन्दा बढी हो।

एचआइभी, मलेरियालगायत बढ्ने
सहायता कटौतीले सन् २०३० सम्ममा एक करोड ४० लाखभन्दा बढीको मृत्यु हुन सक्ने अनुमान गरिएको छ। उक्त संख्यामा पाँच वर्षमुनिका ४५ लाखभन्दा बढी बालबालिका छन्। अर्थात् एक वर्षमा करिब सात लाख बालबालिकाको मृत्यु।

तुलनाका लागि भन्नुपर्दा करिब एक करोड सैनिक प्रथम विश्वयुद्धको समयमा मारिएको अनुमान छ। युएसएडद्वारा समर्थित कार्यक्रमहरू सबै कारणबाट हुने मृत्युको १५ प्रतिशत कमीसँग जोडिएको शोधकर्ताहरूले निर्धारण गरेका छन्।

पाँच वर्षमुनिका बालबालिकाका लागि मृत्युको गिरावट दुई गुणा तीव्र अर्थात् ३२ प्रतिशत थियो। रोगबाट हुने रोकथामयोग्य मृत्युलाई रोक्न युएसएड कोष विशेष गरी प्रभावकारी भएको पाइएको थियो।

युएसएडको उच्च स्तरको सहायता पाउने देशहरूमा कम वा कुनै सहायता नपाउने देशहरूको तुलनामा एचआइभी–एड्सबाट हुने मृत्यु ६५ प्रतिशत कम थियो भनेर अध्ययनले पत्ता लगाएको छ। मलेरिया र उपेक्षित उष्णकटिबन्धीय रोगहरूबाट हुने मृत्युहरू पनि समान रूपमा आधामा कटौती भएको थियो।

मोजाम्बिकको म्यानहिका हेल्थ रिसर्च सेन्टरका अध्ययनका सहलेखक फ्रान्सिस्को साउटले युएसएडले एचआइभी, मलेरिया र क्षयरोगजस्ता रोगहरूसँग लड्न कसरी मद्दत गर्‍यो भनेर देखेको बताए।

बोस्टन विश्वविद्यालयका रोग मोडलर ब्रुक निकोल्सले सञ्चालन गरेको ट्र्याकरले अमेरिकी सहायता कटौतीको परिणामस्वरूप पहिले नै लगभग एक लाख आठ हजार वयस्क र दुई लाख २४ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको अनुमान गरेको छ। ट्र्याकरका अनुसार यसले प्रत्येक घण्टामा ८८ जनाको मृत्यु हुने गर्छ।