१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025
न्युयोर्क
२o८२ असार १५ आइतबार १o:४७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

गाजामा अर्को साता युद्धविरामको तयारी

Read Time : < 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
२o८२ असार १५ आइतबार १o:४७:oo

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा आउँदो साताभित्र युद्धविरामको सम्भावना रहेको बताएका छन् । इजरायलद्वारा समर्थन प्राप्त सहायता वितरण केन्द्रमा बढ्दो नागरिक मृत्युका घटनालाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका वेला ट्रम्पको भनाइ सार्वजनिक भएको हो ।

पत्रकारहरूको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले भने, ‘हामीलाई लाग्छ, अर्को साता युद्धविराम सम्भव हुनेछ ।’ पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालको अन्त्यतिर अमेरिकाको पहलमा गाजामा युद्धविराम गरिएको थियो, सो युद्धविराम मार्च महिनामा इजरायलले तोडेको थियो ।

त्यसपछिका दुई महिनाभन्दा बढी समय इजरायली पक्षले गाजामा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री आपूर्ति पूर्ण रूपमा बन्द गरेको थियो । अहिले केही आपूर्ति अमेरिकी तथा इजरायली सहयोगमा स्थापना गरिएको गाजा मानवीय सहायता कोष (जिएचएफ) मार्फत पुन: सुरु गरिएको छ ।

संयुक्त राष्ट्र संघ तथा अन्य मानवीय संस्थाले हालको सहायता वितरण प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघीय राहत प्रमुख फिलिप लाजारिनीले भने, ‘नयाँ सहायता प्रणालीले एक प्रकारको ‘हत्या स्थल’को रूप लिएको छ ।